BBC News, नेपाली - होमपेज
मुख्य समाचार
विदुरलाई नयाँ आर्थिक केन्द्र बनाउने पुनर्निर्माण प्रस्तावको आधार के, चीनसँग कस्तो सहकार्य
पुनर्निर्माण गर्दा एकीकृत बस्ती बसाउनेदेखि चीन जोड्ने द्रुत मार्ग निर्माण गर्न सकिने विषयमा पनि छलफल सुरु भएका छन्।
टाइगर श्राफमाथि भएको हमलाले कसरी बलिवूडको विगतलाई सम्झाउँछ
सन् २०२४ मा सलमान खानको घरबाहिर र यसै वर्षको शुरूतिर चलचित्र निर्माता रोहित शेट्टीको घरमा भएको गोलीकाण्डसहित बलिवूडका धेरै जनाले धम्की एवं आक्रमणको सामना गर्नुपरेको घटनापछि टाइगर श्राफ निशानामा परेका हुन्।
नेपालमा मासु विक्रीलाई कसरी व्यवस्थित गर्न खोजिँदै छ
अट्ठाइस वर्षअघि ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनमा आउँदा उपभोक्ता र विक्रेता दुवै पक्षलाई फाइदा हुने अधिकारीहरूको तर्क छ।
भिडिओ, अस्ट्रेलियामा डुब्दै गरेको कारबाट चालकको उद्धार, समयावधि 0,57
टेलिभिजनका एक रिपोर्टरसहित सडकछेउमा रहेका दुई जनाले अस्ट्रेलियाको मोरफील्डमा डुबिरहेको एउटा कारबाट एक व्यक्तिको बिहीवार उद्धार गरेका छन्।
साउदी अरबमा दुई बाङ्ग्लादेशी नागरिकको मृत्युदण्डपछिका अनुत्तरित प्रश्न
साउदी अरबमा गत साता दुई जना बाङ्ग्लादेशी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइयो। सजाय सुनाइएको एक हप्ता बितिसकेको छ, तर केही महत्त्वपूर्ण प्रश्नहरू अझै अनुत्तरित छन्।
भिडिओ, सडक सुरक्षित गर्न के गर्नुपर्छ?, समयावधि 3,23
नेपालमा सडकलाई सुरक्षित र व्यवस्थित गर्न केके गर्नुपर्छ?
प्यारिसनजिक घातक गोलीकाण्ड, 'जातिवादी आतङ्कवादी हमला' को सङ्ज्ञा
"हमला हाम्रो गणतन्त्र र राष्ट्रको जीवनमा एउटा निर्णायक मोड हो" भन्दै राष्ट्रपति एमानुएल माक्रोँले देशमा यो प्रकृतिको अन्धाधुन्ध जातीय हत्याकाण्ड पहिलो पटक भएको बताएका छन्।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, जीविकाको आधार रहेका पशुपन्छी नष्ट भएका किसानलाई सरकारले कस्तो राहत देला, समयावधि 3,53
प्रभावित क्षेत्रका कतिपय स्थानमा सर्वसाधारण मानिसको आयस्रोतको मुख्य आधार नै पशुपन्छी तथा मत्स्यपालन थियो।
भिडिओ, बाढीले पुरेका र थिलथिलो पारेका घर सफा गर्दा कस्तो सावधानी चाहिन्छ, समयावधि 3,25
बाढीले घरलाई हल्लाएर थिलथिलो बनाएको तथा घरभित्र लेदो भरिएकाले त्यस्ता घरभित्र छिर्नु निकै जोखिमपूर्ण हुन्छ।
भिडिओ, बाढीले व्यवसाय नै बगायो तर लिएको ऋण अब के होला, समयावधि 3,23
बाढीले सर्वस्व गुमाएका व्यवसायीहरूमा अब ब्याङ्कको ऋण तिर्नुपर्ने अर्को पिरलो देखिन्छ।
भिडिओ, विपद्पछि मानव बेचबिखनको जोखिम उच्च, कसरी जोगिने र सचेत रहने, समयावधि 4,07
हालैको भोटेकोशी-त्रिशूली बाढीपश्चात् पनि प्रभावित जिल्लाबाट बालबालिका र महिलाहरू तस्करीमा पर्ने सक्ने भन्दै विशेष सर्तकता अपनाउन अभियानकर्मीहरूले सुझाव दिएका छन्।
भिडिओ, बाढीले अस्तव्यस्त पठनपाठन, प्रभावित विद्यार्थीहरूका लागि अब शिक्षाको बाटो के, समयावधि 3,15
विज्ञहरूले भने विपद्को यो बेला विद्यार्थीहरूको पढाइलाई निरन्तरता दिन पारम्परिक शैलीभन्दा पनि सीपमूलक शिक्षामा विशेष जोड दिनुपर्ने औँल्याएका छन्।











































